माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

पायोनियर मोटोकर्पले ल्यायो नयाँ बर्ष अफर, जिकर एक्समा २० लाख छूट



काठमाडौं । निसान र जिकरको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसान र जिकरको कारहरुमा अंग्रेजी नयाँ वर्षको अवसरमा ‘‘जीकर एक्स नाउ ओर नेभर’ अफर पारेर उक्त स्कीम दिएको हो ।

कम्पनीले ल्याएको स्कीममा सिधै जिकर एक्स मोडलमा २० लाख रुपैयाँ नगद छुट पाइने छ । सिमित युनिटको लागि भन्दै ल्याइएको स्कीममा ६४ लाख ९९ हजारमै जिकर पाइने भएको हो । यसअघि ८४ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु भएको जिकर एक्स क्रमिक रुपमा मूल्य घट्दै ६४ लाख ९९ हजारमै उपलब्ध हुने भएको छ ।

यसले भोल्भो इएक्स३० सँग साझा गरिएको अत्याधुनिक गिली एसइए२ प्लेटफर्ममा निर्माण गरिएको सवारी साधन आफ्नो बनाउने आकर्षक अवसर प्रदान गर्दछ । गिलीको नवीनतम प्रविधि र नवप्रवर्तनमा आधारित जीकर एक्सले २०० किलोवाट क्षमताको उच्च प्रदर्शन मोटरमार्फत ३४३ नुतनमिटर टर्क उत्पादन गर्छ र केवल ५।६ सेकेन्डमै ०–१०० किलोमिटर प्रति घण्टाको गति हासिल गर्ने क्षमता राख्दछ ।

त्यसैगरी कम्पनीले नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक गरेको छ। क्रिसमस र नयाँ वर्षको अवसरलाई लक्षित गर्दै ल्याइएको यस सीमित अवधिको अफरले ग्राहकहरूलाई “ठुलो, दमदार र आकर्षक” निसान म्याग्नाइट आफ्नै बनाउन आकर्षक वित्तीय सुविधा र दीर्घकालीन निश्चिन्तताको उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस स्कीममा म्याग्नाइट एसयूभी किन्ने उपभोक्ताले १ लाख रुपैयाँ नगद छुट, एक लाख रुपैयाँ एक्सचेन्ज बोनस, ३ वर्षको निःशुल्क सर्भिस, ३ वर्षको वारेन्टी, एक वर्षको बीमा र चालु वर्षको सवारी कर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

  :