२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

अवतार ०७ ईभी चाँडै नै नेपाली बजारमा



काठमाडौं। चीनको प्रिमियम ईभी ब्रान्ड अवतार टेक्नोलोजीको नयाँ गाडी ‘अवतार ०७’ चाँडै नै नेपाली बजारमा उपलब्ध हुने भएको छ। एमएडब्लु गु्रप बिक्री गरिरहेको यो गाडीको अधिकतम खुद्रा मूल्य १ करोड १० लाख रुपैयाँ तोकिएको छ ।

कम्पनीले यसअघि अवतार ११ नेपाली बजारमा ल्याएको थियो। अब भने यसको नयाँ अर्वान एसयूभी नेपाली बजारमा छिट्टै आउने छ। अवतार ०७ धेरै सुविधासहितको नयाँ मोडल हो।

यसमा १९० किलोवाट क्षमताको मोटर पावर उपलब्ध छ। साथै यसमा ८२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसको लम्बाई ४.८ मिटर, १.९ मिटर चौडाइ, १.६ मिटर उचाइ र २.९ मिटर ह्वीलबेस छ।

  :