फाल्गुन ६, २०८२ बुधबार | Wed Feb 18 2026

सिन्धुली–१ का कांग्रेस उम्मेदवार बराल जनताको घरदैलोमा




काठमाडौँ। आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सिन्धुली क्षेत्र नं १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्रभावशाली नेता उज्ज्वल बराल यतिबेला मतदाताहरुको घरदैलोमा पुग्दै मत मागिरहेका छन् ।

झण्डै ४ दशक लामो अविचलित राजनीतिक यात्रा र पार्टी संगठनमा जीवन व्यतित गरेका बरालको त्याग र निष्ठाको सिन्धुली जिल्लाभरि नै निकै चर्चा हुने गरेको छ ।

नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकाबाट राजनीति शुरु गरेका बरालले २०४३ सालमा जिल्ला अध्यक्ष, २०५३ मा सचिव र २०७२ मा जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्। भर्खरै सम्पन्न नेपाली कांग्रेसको २०८२ को दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनको राजनीतिक उचाइ पनि थपिएको छ।

सिन्धुलीको राजनीतिक वृत्तमा सादगी र वैचारिक स्पष्टता भएका नेताका रूपमा परिचित बरालले यसपटक संगठन सुदृढीकरण र नीतिगत परिवर्तनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउँदै मतदाताहरुसमक्ष पुगेका छन् । उनको प्रतिस्पर्धामा नेकपा (एमाले)का प्रदीप कटुवाल छन् ।

  :