फाल्गुन २६, २०८२ मंगलबार | Tue Mar 10 2026

सुजुकीको एक्सेस १२५ स्कुटर चाँडै नै नेपालमा बिक्री शुरु हुने



काठमाडौं । जापानी ब्राण्ड सुजुकीको मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले एक्सेस १२५ स्कुटरको नयाँ भेरियन्ट नेपाल भित्र्याएको छ ।

उक्त स्कुटर भारतीय बजारमा लन्च भएको १ महिनापछि नेपाल आए पनि नेपालमा नयाँ सुजुकी एक्सेस लन्च हुने मिति औपचारिक रूपमा घोषणा भने गरिएको छैन् । तर कम्पनीले चाँडै नै नेपालमा बिक्री शुरु हुने जनाएको छ । नयाँ सुजुकी एक्सेस १२५ भारतमा उत्पादन भएको हो ।

भारतमा एक्सेस १२५ स्कुटर राइड कनेक्ट टीएफटी एबीएस, राइड कनेक्ट एबीएस, राइड कनेक्ट टीएफटी, राइड कनेक्ट, स्पेसल र स्ट्याण्डर्ड एडिसन गरी ६ भेरियन्टमा उपलब्ध छ । नेपाल आएको स्कुटर कुन भेरियन्ट हो भन्ने पनि कम्पनीले स्पष्ट पारेको छैन ।

नयाँ एक्सेसमा १२४ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, टु भल्ब, एसओएचसी, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ८.७ पीएस पावर तथा १०.२ एनएम टर्क जेनेरेट गर्छ । हाल नेपालमा भने कम्पनीले सुजुकीको एक्सेस १२५ को बीएस ६ भेरियन्ट बिक्री गरिरहेको छ ।

  :