फाल्गुन २६, २०८२ मंगलबार | Tue Mar 10 2026

ईभीको ब्याट्री बेच्ने सीएटीएलले १ बर्षमै कमायो १५ खर्ब ८ अर्ब रुपैयाँ खुद नाफा



काठमाडौं । विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले हालसम्मकै सर्वाधिक वार्षिक नाफा आर्जन गरेको छ ।

सीएटीएलले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सन् २०२५ मा ७२.२ अर्ब युआन अर्थात् झण्डै १०.४ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको छ । यो १५ खर्ब ८ अर्ब रुपैयाँ बराबर हो ।

सो वर्ष कम्पनीले ७७२ गिगावाट आवर ब्याट्री उत्पादन गरेको र हालसम्मकै सर्वाधिक ६६१ गिगावट आवर ढुवानी गरेको जनाइएको छ । प्रतिवेदन अनुसार सीएटीएलले २०२५ मा ६१.४१ अर्ब अमेरिकी डलरको वार्षिक राजस्व हासिल गरेको छ, जुन गत वर्षको तुलनामा १७.४ प्रतिशतले बढि हो ।

सीएटीएलले सन् २०२५ मा ३९.२ प्रतिशत बजार हिस्सासहित विश्वव्यापी ईभी ब्याट्री बजारमा आफ्नो वर्चस्व कायम राखेको छ।

  :