२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

सेगवे ई११०एल इलेक्ट्रिक स्कुटर फेरि नेपाली बजारमा



काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रालिले नेपाली बजारमा लोकप्रिय मोडेल सेगवे ई११०एल इलेक्ट्रिक स्कुटर अफरसहित फेरि नेपाली बजारमा उपलब्ध गराएको छ ।

यस इलेक्ट्रिक स्कुटरको मूल्य कम्पनीले २ लाख ८४ हजार ९९९ निर्धारण गरेको छ ।कम्पनीले ल्याएको अफरअन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग प्राप्त गर्नेछन् । साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा समेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो २५ ग्राहकका लागि ‘अर्ली बर्ड’ छुटसमेत घोषणा गरिएको छ, जसअन्तर्गत खरिद गरिने मोडेलअनुसार अधिकतम ४१ हजार रुपैयाँसम्म बचत गर्न सकिनेछ ।

दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको सेगवे ई११०एलमा २४०० वाट क्षमताको मोटर जडान गरिएको छ, जसले १५० न्यूटन–मिटर टर्क उत्पादन गर्छ । स्कुटरको अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ भने १५ डिग्रीभन्दा बढी उकालो सहज रूपमा पार गर्न सक्षम रहेको कम्पनीको दाबी छ ।

७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्री प्रयोग गरिएको यस स्कुटरले एकपटक चार्ज गर्दा ६० देखि ११० किलोमिटरसम्म यात्रा गर्न सक्छ । २७ लिटर बुट स्पेस तथा रिभर्स मोडले सहरभित्रको प्रयोगलाई थप सहज बनाएको छ ।

  :