काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसले इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा भित्र्याएको छ ।
चारपाङ्ग्रे सवारीतर्फ टोयोटाको सफल बिक्री वितरण गर्दै आएको यस समूहले पछिल्लो समय दुईपांग्रे क्षेत्रमा पनि विस्तार गरिरहेको छ ।
यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ। सोही सफलतालाई निरन्तरता दिँदै समूहले इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपालमा भित्र्याएको हो।
मोर्बिडेली आफ्नो प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित ब्रान्ड हो, जसले नेपाली युवा तथा बाइक उत्साहीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास गकम्पनीले गरेको छ ।
कम्पनीका अनुसार ‘मोर्बिडेली’का विभिन्न भेरियन्टहरू नेपाली बजारमा उपलब्ध छन्, जसको मूल्य मोडेल अनुसार फरक–फरक तोकिएको छ ।
एड्भेन्चर सेग्मेन्टको लोकप्रिय टी ५०२ एक्स मोडेलको मूल्य १३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी, मिड–रेन्ज सेग्मेन्टका मोडेलहरू एफ ३५२ र टी ३५२ को मूल्य समान रूपमा ९ लाख ९६ हजार ९०० रुपैयाँ राखिएको छ। प्रिमियम तथा उच्च क्षमताको मोडेल टी १००२ भीएक्सको मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ, जुन यस ब्रान्डअन्तर्गतको सबैभन्दा महँगो मोडेल हो।
मोर्बिडेली विश्वव्यापी रूपमा किपवे ग्रुप अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो, जसले बेनेल्ली, मोर्बिडेली र बेन्डाजस्ता अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरूलाई होल्ड गर्दै आएको छ ।









प्रतिक्रिया