२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

हिरोका मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट



काठमाडौं । नेपालमा हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले ल्याएको ‘नयाँ युगको प्रारम्भ’ अफरमा ग्राहकहरुले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटरसँग हिरोमा नयाँ सवारी साट्न सक्नुका साथै एक्सचेन्ज गर्दा पनि १ लाखसम्मकै एक्सचेन्ज बोनस पाउने भएका छन् ।

कम्पनीले ग्राहकको सहजतालाई मध्यनजर गर्दै इजी फाइनान्स सुबिधा पनि दिइरहेको छ । ग्राहकलाई हिरोका मोटरसाइकल वा स्कुटर किन्न जगदम्बा हायर पर्चेजले नागरिकता र ड्राइभिङ लाइसेन्सकै आधारमा कर्जा उपलब्ध गराउने छ ।


हाल नेपालमा उपलब्ध हिरोका प्रायः सबै मोटरसाइकल र स्कुटर बीएस ६ ओबीडी टू मापदण्डअनुसारमा किन्न पाइन्छ । अफरमा हिरोका विभिन्न लोकप्रिय मोडेलहरू समावेश छन् ।

  :