२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

पेट्रोलियम पदार्थ आयातको भन्सार करमा ५० प्रतिशत छुट



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।


बैठकमा इन्धनको बचत गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा पनि छलफल भएको मन्त्री रावलले बताईन् । आवश्यक परे उक्त प्रणाली लागू गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ। सरकारले जनतासँग ‘वर्क फ्रम होम’ र विद्युतीय साधनको प्रयोग बढाउन समेत आह्वान गरेको छ ।

दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको भन्दै मन्त्री रावलले त्यसका लागि इथानोल नीतिमा तयारी भइरहेको बताईन् ।

‘दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको छ । ईभी पूर्वाधार विकासमा विस्तारका लागि पनि सरकार प्रतिबद्ध छ, मन्त्री रावलको भनाई थियो ।

  :