काठमाडौं । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक ब्लु कर्पोरेसन प्रालिले काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै आफ्नो नयाँ मोडल एलईभी एक्स नेपाली बजारमा सार्वजनिक गरेको छ ।
विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन र इन्जिनियरिङमा विश्वकै ठूलो डिजाइन हाउसमध्येको एक ‘सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी’ अन्तर्गतको एलएस अटोले आफ्नै ब्राण्डमा इभी उत्पादन गरी विश्व बजारमा विस्तार गरिरहेको छ ।
ब्लु कर्पोरेसनले यस अघि नेपाली बजारमा यसअघि नै एलईभी–०१ बिक्री गर्दै आएको थियो ।
एलईभी एक्समा ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५५० किलोमिटर सम्मको रेन्ज दिने छ । एलईभी एक्समा फ्रन्ट र रियर गरी १९८ किलोवाटको मोटर जडान गरिएको छ, जसले यसलाई फोर ह्वील ड्राइभको शक्ति प्रदान गर्दछ । यसको ग्राउण्ड क्लियरेन्स २२१ एमएम रहेको छ ।
नयाँ शोरुम उद्घाटन र नयाँ वर्षको अवसरमा कम्पनीले विशेष एक्सचेन्ज क्याम्प र अफरहरू सार्वजनिक गरेको छ । शोरुममा आएर टेस्ट ड्राइभ गर्ने ग्राहकलाई आकर्षक गिफ्ट ह्याम्पर र गाडी बुकिङ गरी डेलिभरी लिने ग्राहकलाई चीन भ्रमण गराइने कम्पनीका महाप्रबन्धक नबिन फुयालले बताए ।
नेपाली बजारमा एलईभी–०१ को मूल्य ५९ लाख ९५ हजार र ६४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ भने नयाँ मोडल एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी दिएको छ ।
काठमाडौंको कालोपुलमा कम्पनीको आफ्नै सर्भिस सेन्टर सञ्चालनमा आइसकेको छ भने देशभर चार्जिङ स्टेसन विस्तार गर्ने योजनामा कम्पनी रहेको छ ।









प्रतिक्रिया