१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

भक्तपुर क्यान्सर अस्पताल‘को ‘सेवामैत्री र मैत्रीपूर्ण व्यवहार’ अभियान



काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले बिरामी र तिनका परिवारलाई तनावमुक्त वातावरण प्रदान गर्न ‘सेवामैत्री र मैत्रीपूर्ण व्यवहार’ अभियान सञ्चालन गरेको छ।

यस अन्तर्गत कर्मचारीहरूलाई विशेष परामर्श, मनोसामाजिक सहायता र बिरामीको सम्मानमा आधारित व्यवहार प्रशिक्षण दिने गरिएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले अस्पतालमा आउने बिरामी र अस्पतालका प्रशासाक कर्मचारी, डाक्टर, स्टाफ नर्स लगायतबीचको सम्बन्ध सुमधर बनाउन यो अभियान शुरु गरिएको बताए ।

डा. चालिसेका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा पहिलो पटक प्रशासनिक कर्मचारी र सेवाग्राही सङ्गको वार्तालाप, अन्तरक्रिया गरि सो अभियान सुरु गरिएको हो ।

सेवाग्राहीहरु अस्पताल आउने क्रममै कसरी बिरामी सङको सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ, कसरी प्रभावकारी कार्यसम्पादन गर्न प्रसानिक कर्मचारी संग जोडिने भएकोले पहिलो पटक उनिहरु सङ्ग नै सो विषयमा प्रशिक्षण दिएको हो ।


बिरामी र आफन्त आपत परेर अस्पताल आउने हुँदा अस्पताल कर्मचारी चाहि सधैं उक्त स्थानमा बसेर सेवा दिईरहने कारण सेवाग्राहीकै मानसिक अवस्थालाई आत्मसात गरि उहाँहरु सन्तुष्ट हुने गरि कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयम अन्तरक्रिया र प्रशिक्षण दिइएको हो।


अर्को पटक अस्पतालमा कार्यरत चिकित्सक र नर्स लगायतलाई प्रशिक्षण दिइने कार्यकारी निर्देशक डा. चालिसेले जानकारी दिए ।

  :