७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आइतबारदेखि सुजुकी मनसुन चेकअप क्याम्प



काठमाडौं । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले वर्षा मौसम प्रारम्भ हुन लागेको सन्दर्भमा आफ्नो सवारी साधनलाई सही अवस्थामा राख्नका लागि आइतबारदेखि सुजुकी मनसुन चेकअप क्याम्प गर्ने भएको छ ।

‘सुजुकी केयर फर रेनी राइड’ ट्यागलाइनमा हुने उक्त क्याम्प आगामी असार ५ गते शुक्रबार सम्म चल्ने छ ।
क्याम्पमा सुजुकीका सबै मोटरसाइकल र स्कुटरको १५ पोइन्ट्स चेकअप गर्न सकिने छ । सो अवसरमा लेबर चार्जमा ५० प्रतिशत, स्पेयर पार्ट्समा १० प्रतिशत र इन्जिन आयलमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।


उक्त क्याम्प बसुन्धरा, कौशलटार, गौरीघाट, ग्वार्को, भैसेपाटी, जोरपाटी, कीर्तिपुर, टोखा, बाँसबारी–बुढानीलकण्ठ, थानकोट, बनेपा, नुवाकोट र धादिङबेसीमा हुनेछ ।

नेपालमा सुजुकी एक्सेस, एभेनिस र बर्गम्यान स्ट्रिट तथा जिक्सर र भी–स्ट्रोम मोटरसाइकल बिक्रीका लागि उपलब्ध छन् । स्कुटर दैनिक प्रयोजनका लागि सबैले रुचाउने खालका छन् भने मोटरसाइकल विशेष गरी एड्भेन्चर मन पराउने राइडरहरुका लागि उपयुक्त छन् ।

  :