काठमाडौं । नेपालमै पहिलो पटक एकैदिन २०० युनिटभन्दा धेरै इलेक्ट्रीक स्कुटर डेलिभरी दिँदै बैद्यज् इनर्जीले किर्तिमान कायम गरेको छ ।
कम्पनीले एकैदिन २०८ युनिट एथर इलेक्ट्रीक स्कुटर डेलिभरी गरेको हो ।
कम्पनीले लामो समयदेखि स्कुटर बुकिङ गरेका २०८ जना ग्राहकलाई एकैदिन स्कुटर डेलिभरी गरेको थियो । कम्पनीले एथर ४५० र रिज्टा इलेक्ट्रीक स्कुटर डेलिभरी दिएको हो । देशभरीबाट विभिन्न स्थानबाट आएका ग्राहकहरुले एकसाथ स्कुटर डेलिभरी लिएका हुन् ।
एकैदिन २०८ युनिट स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपालको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड रुपमा अझ सशक्त बनाएको कम्पनीले जनाएको छ । बाँकी स्कुटर बुकिङ गरेर बसेका ग्राहकहरुलाई पनि छिट्टै डेलिभरी दिने कम्पनीले प्रष्ट पारेको छ ।









प्रतिक्रिया