काठमाडौं । चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेको र आइकार बिक्री गर्दै आएको एसपीजी अटोमोबाइल कम्पनीले चाँडै नै क्यूक्यू ब्राण्ड नेपाल ल्याउन लागेको छ ।
चेरीको पुरानो क्यूक्यू ह्याचब्याक मोडल नाम प्रयोग भएको ब्राण्ड साउनको अन्तिम साता भृकृटीमण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने भएको हो ।
क्यूक्यू चेरीले सन् २००५ देखि उत्पादन थालेको ह्याचब्याक मोडल हो । सन् २००८ ताका नै क्यूक्यू नेपालमा बिक्री भएको थियो । आफ्नो १० लाख युनिटभन्दा बढी उत्पादन भएको ह्याचब्याक मोडल पछि कम्पनीले सन् २०१४ बाट बन्द गरेको थियो ।
इलेक्ट्रीक ह्याचब्याक कार रियर ह्वील ड्राइभमा हुनेछ । यसमा ४१.२८ किलोवाट आवरको ब्याट्री रहने छ । जसको सीएलटीसी रेन्ज ४२० किलोमिटर बताइएको छ । यसमा ९० किलोवाट पीकपावर भएको मोटरमा उपलब्ध हुनेछ । उक्त मोटरको पीकटर्क ११५ न्युटन मिटर छ । यसमा रहेको ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल १६।५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया