२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

नेपाली बजारमा एलईभी एक्स



काठमाडौं । ब्लु कर्पोरेसन प्रालिले नयाँ गाडी एलईभी एक्स सार्वजनिक गरेको छ । एक वर्षदेखि काठमाडौंका विभिन्न स्थानमा सोरुम सञ्चालन गर्दै आएको कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा एलएस अटोका नाममा नयाँ सोरुम उद्घाटनको अवसर पारेर कम्पनीले नयाँ गाडी सार्वजनिक गरेको हो ।


प्योर इलेक्ट्रिक प्लेटफर्म बनेको यो ईभीमा ब्याट्री प्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यसको ब्याट्री प्याक र ग्राउन्डबीचको दूरी २२१ एमएम छ । एलएस अटो एलईभी ०१ र एलईभी एक्समा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्री भन्दा ८ प्रतिशतले बढी दक्ष रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी ल्याएको हो ।

एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

  :