काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्लू ग्रुपले असार २८ गते आइतबार ‘रियल ड्राइभर्स वान्टेड’ अभियानका साथ एक विशेष समारोहका बीच स्कोडाको प्रिमियम एसयूभी कुशाक फेसलिफ्ट सार्वजनिक गरेको छ ।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए ।
नयाँ कुशाकको एक्स्टेरियरलाई पहिलेभन्दा अझ बढी मस्कुलर र प्रिमियम बनाइएको छ । यसमा नयाँ एलईडी हेडलाइट, परिमार्जित डीआरएल र सेग्मेन्टेड एलईडी लाइट बारसहितको रि–डिजाइन गरिएको ग्रिल पाउन सकिन्छ ।
कम्पनीका अनुसार कुशाक फेसलिफ्टको मुख्य आकर्षण यसको क्याबिनभित्र गरिएको प्राविधिक क्रान्ति हो । यस सेग्मेन्टमै पहिलो पटक कारमा गुगल जेमिनी एआई असिस्टेन्टको सपोर्ट दिइएको छ ।
त्यसैगरी, लामो यात्रालाई आरामदायी बनाउन यसमा मसाज फंसन सहितका ६–वे पावर्ड एड्जस्टेबल एन्ड भेन्टिलेटेड रियर सिट उपलब्ध गराइएको छ ।
नयाँ कुशाकमा प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, फ्रन्ट पार्किङ सेन्सर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर तथा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर पाउन सकिन्छ ।
१.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको यस एसयूभी ६–स्पिड म्यानुअल र पूर्ण रूपमा नयाँ ८–स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध हुनेछ । क्लासिक प्लस, स्पोर्ट लाइन र मोन्टे कार्लो गरी कुल तीन भेरियन्टमा उपलब्ध यस गाडीको सुरुवाती मूल्य रु. ५७ लाख ९० हजार रुर्पैयाँ तोकिएको छ । सबैभन्दा महंगो भेरियन्टको ९१ लाख ९० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
स्कोडा नेपालले ग्राहकको मर्मतसम्भार लागतलाई पारदर्शी र किफायती बनाउन ‘प्रमिस अफ १२’ योजना समेत घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकले देशभरका १२ वटै सेवा केन्द्रबाट कुनै पनि लुकेको शुल्कबिना, हरेक १२ महिना वा १२ हजार किलोमिटरको वार्षिक मर्मतसम्भार केवल १२ हजार रुपैयााको निश्चित शुल्कमा गराउन सक्नेछन् ।









प्रतिक्रिया