काठमाडौँ । न्यू समिट कलेजले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई मंगलबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्य समारोहको आयोजना गरी स्वागत गरेको छ।
कलेज परिवार, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि कलेजका अध्यक्ष एवं त्रिविका एसोसिएट प्रोफेसर अजय ढकालले पानसमा बत्ती बालेर गरेका थिए ।
सो कार्यक्रममा मन्तव्य राख्दै कलेजका चेयरमेन ढकालले विद्यार्थीहरूलाई निरन्तर आत्म(विकासको मार्गमा अघि बढ्न सुझाव दिए । उनले ढकालले कलेजले अवलम्बन गरेको ‘फोर डी’ (अनुशासन,समर्पण, दृढ संकल्प र विकास)को अवधारणालाई पछ्याउँदै विद्यार्थीहरूलाई ज्ञानका साथै सीप र सकारात्मक मनोवृत्तिमा पारंगत बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका एकेडेमिक डाइरेक्टर तीर्थराज घिमिरेले केवल शैक्षिक उपलब्धि हासिल गर्नु मात्र नभई असल चरित्रको नागरिक बन्नु नै शिक्षाको वास्तविक लक्ष्य हुनुपर्नेमा जोड दिए । उनले न्यू समिट कलेजमा पूर्णकालिक र अब्बल शिक्षकहरूको टिम रहेको हुँदा विद्यार्थीहरूको भविष्य सुरक्षित रहेको बताए ।
कलेजका प्रिन्सिपल चोकराज दवाडीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा कलेजले सधैं केन्द्रित रहेको स्पष्ट पारे ।
कलेजका अर्का एकेडेमिक डाइरेक्टर प्रवेश ढुंगानाले न्यू समिट कलेज नेपालकै पहिलो ‘बीएससी सीएसआईटी’ कलेज भएको गौरव साझा गर्दै उनले यस संस्थाबाट धेरै विद्यार्थीहरू बोर्ड टपर भइसकेको स्मरण गराए ।
औपचारिक सत्रको समापनपछि भएको सांगीतिक कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए ।

यसका साथै कलेजका पुराना तथा नयाँ विद्यार्थीहरूले समेत विभिन्न विधामा आकर्षक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए ।









प्रतिक्रिया