९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पोखरामा  ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’



पोखरा–पोखराको अमरसिंह स्कुलको खेलमैदानमा  आजदेखि ८ गतेसम्म  ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ शुरु भएको छ । मेलामा ग्राहकले बजाज बाइक नागरिकताको आधारमै ५ वर्ष सम्मको फाइनान्स सुबिधा लिएर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 


शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप ७ हजार रुपैया अतिरिक्त भ्यालुएसन र आर्कषक नगद छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

मेलामा कुनैपनि कम्पनीको पुरानो बाईक वा स्कुटरको अधिकतम भ्यालुएसन हुनेछ । कम्पनीले यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउने बताएको छ । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप ७ हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउनेछन ।

कम्पनीका अनुसार, यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउनेछन् ।

  :