काठमाडौं । टोयोटा नेपालले साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाइमा एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि आकर्षक छुट तथा विशेष योजना घोषणा गरेको छ ।
अटो शोमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । आकर्षक छुट केवल एक्स्पो अवधिमा गरिने बुकिङमा मात्र लागू हुने पनि कम्पनीले जनाएको छ । नाइमा अटो शोमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत छानिने एक जना भाग्यशाली विजेताले जोडीसहित इलिट एक्स्प्लोरर्स कन्याकुमारी ड्राइभमा सहभागी हुने अवसर पाउने पनि कम्पनीले जानकारी दिएको छ । अटो शोमा सहभागी भई नयाँ मोडलहरूको अवलोकन र विशेष अफरको लाभ लिन सम्पूर्ण ग्राहकहरूलाई टोयोटा नेपालले आह्वान समेत गरेको छ ।







प्रतिक्रिया