काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नयाँ इलेक्ट्रिक गाडी नामी भिगो ई२ सार्वजनिक आगामी बुधबार सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले यस गाडीलाई ‘फुल साइज एसयूभी’का रूपमा बजारमा ल्याउन लागेको हो । भिगो ई २ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने कम्पनीले लक्ष्य राखेको छ। नामी ब्रान्डले नेपाली सवारी साधन बजारमा राम्रो लोकप्रियता हासिल गर्दै आइरहेको छ ।
हालसम्म देशभर २,००० भन्दा बढी नामीका गाडीहरू सफलतापूर्वक सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । यसअघि पनि मनाङ, मुस्ताङ र शुक्लाफाँटा जस्ता अप्ठ्यारा भौगोलिक क्षेत्रहरूमा नामीका गाडीहरूले आफ्नो राम्रो क्षमता प्रदर्शन गरिसकेका छन् ।हाल नामी भिगो एसयूभी ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध छ । यसको रेन्ज क्रमशः ३०० र ३५० किलोमिटर रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ ।







प्रतिक्रिया