काठमाडौं । वैद्य इनर्जीअन्तर्गतको एथर नेपालले हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५ सयभन्दा बढी एथरका इलेक्ट्रिक स्कुटरको बुकिङ प्राप्त गर्न सफल भएको छ ।
कम्पनीका अनुसार ग्राहकको आकर्षण केवल छुट तथा अफरमा सीमित नभई प्रविधि, ब्याट्रीको दीर्घकालीन वारेन्टी, चार्जिङ पूर्वाधार र सर्भिस नेटवर्कमा समेत केन्द्रित देखिएको छ ।
कम्पनीले ‘एट७० वारेन्टी’ अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ । सर्तअनुसार उक्त अवधिमा ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने कम्पनीको दाबी छ ।
एथरले नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार गरिसकेको जनाएको छ ।







प्रतिक्रिया