काठमाडौं । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाल भित्र्याएको टाटा सिएरा ईभी भदौ ९ देखि भृकुटीमण्डपमा शुरु हुने नाडा अटो शो २०२६ मा प्रदर्शन गर्ने भएको छ । भारतमा केही महिना पहिले मात्र लन्च गरिएको टाटा सिएराले भारतीय बजारमा निकै चर्चा कमाएको छ ।
टाटा सिएरामा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प पनि दिइएको छ। कम्पनीका अनुसार ७५ किलोवाट आवर ब्याट्री प्याकले फुल चार्जमा ६६५ किलोमिटरको रेन्ज प्रदान गर्छ । फास्ट चार्जिङको सहायताले केवल १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटर सम्म चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले ब्याट्रीमा लाइफटाइम वारेन्टीसमेत उपलब्ध गराएको छ।
यसमा अगाडि र पछाडि एलईडी हेडलाइट र टेललाइटको साथमा कनेक्टिङ एलईडी बार र १९ इन्चका अलोय ह्विल समावेश गरिएको छ । इन्टेरियरमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड फिचर, हाइपर हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जर जस्ता फिचर समावेश गरिएको छ। सुरक्षाका लागि टाटा सिएरा ईभीमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड, लेभल २ एडास तथा अन्य अत्याधुनिक सेफ्टी फिचर समावेश गरिएको छ।







प्रतिक्रिया