काठमाडौं । रसुवाको भोटेकोशी नदीको बाढीपीडितका लागि नेपालका लागि केईको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स र लक्ष्मी ई मोबिलिटीले संयुक्त रुपमा राहत सामाग्री उपलब्ध गराएका छन् ।
कम्पनीले बाढीबाट प्रभावितका लागि म्याट्रेस, डस्ना, ग्यास चुल्हो लगायत ३ ट्रक राहत सामाग्री प्रदान गरेको हो । कम्पनीले उक्त सामग्री आफैंले लोड गरेर प्रभावित क्षेत्रमा पु¥याइएको जनाएको छ ।
भोटेकोशीमा आएको बाढी रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनका हजारौं नागरिक प्रभावित भएका छन् । कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका काम जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ ।







प्रतिक्रिया