काठमाडौं । बिहिबारदेखि परेको निरन्तर वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।
वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटान गरेपछि राजमार्ग अवरुद्ध भएको हो । आज उक्त राजमार्ग चल्ने सबै सवारी साधनहरूलाई धुलिखेल, काभ्रेभञ्ज्याङ र भकुण्डेमा रोकिएको छ ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारी साधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेको छ भने चौकीडाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेको छ । यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।







प्रतिक्रिया