काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा असोज १२ देखि १८ गतेसम्म टीभीएसको मोटरसाइकल तथा स्कुटरमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ सञ्चालन गर्ने भएको छ ।
कम्पनीका अनुसार उक्त एक्सचेन्ज मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफर तथा सुविधा प्राप्त गर्न सक्नेछन् ।
मेलामा पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा १०० प्रतिशतसम्म क्यासब्याक, गोल्ड की वा १० लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट लगायतका विभिन्न अफर उपलब्ध हुने छ ।
त्यस्तै, ग्राहकलाई पुरानो सवारी साधनको उच्चतम मूल्यांकनको सुविधा उपलब्ध गराउन कम्पनीले ५० भन्दा बढी भ्यालुएटरको व्यवस्था गरेको छ । साथै, मेलामा हरेक दिन दुई जना भाग्यशाली ग्राहकले ५ वर्षसम्मको निःशुल्क सर्भिस पाउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।
नयाँ टीभीएस खरिदका लागि सहज फाइनान्स सुविधा समेत उपलब्ध छ । कम्पनीका अनुसार नागरिकता र लाइसेन्सका आधारमै फाइनान्स मार्फत मोटरसाइकल तथा स्कुटर किन्न सकिन्छ ।
उक्त मेलामा कम्पनीले एक्सचेन्ज र खरिदबिक्रीसँगै ग्राहकका लागि जिमखाना, टेस्ट राइड, गेम्स तथा फुड स्टल लगायतका मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।







प्रतिक्रिया