२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

जगदम्बा मोटर्सले पायो दुई अन्तर्राष्ट्रिय सम्मान



काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले दुई अन्तर्राष्ट्रिय सम्मान पाएको छ ।

दुबईको पाम जुमेराहस्थित ताज रिसोर्टमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सले ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ अवार्ड प्राप्त गरेको हो । सम्मेलनमा विभिन्न देशका टिभिएसका अन्तर्राष्ट्रिय वितरक सहभागी थिए ।

जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले सम्मानलाई ग्राहकको विश्वास र सेवा टोलीको मेहनतको उपलब्धि भएको बताइन् ।
उनले नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेको प्रमाणका रूपमा अवार्डलाई लिन सकिने बताइन् । टिभिएसका ग्राहकले आफू उत्कृष्ट सेवाको पहुँचमा रहेकोमा विश्वस्त हुन सक्ने उनको भनाइ छ ।

जगदम्बा मोटर्सले दक्ष प्राविधिक, वास्तविक स्पेयर पार्ट्स, पारदर्शी सेवा र देशभरको सर्भिस नेटवर्कमार्फत ग्राहक सेवा निरन्तर सुधार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

  :