काठमाडौं । गो अटोमोबाइल्सले एमजी हेक्टर टोमहक ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
गाडीको सार्वजनिक मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको भए पनि कम्पनीले सुरुआती ५० ग्राहकका लागि भने ५७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य घोषणा गरेको छ । कम्पनीका अनुसार पहिलो ५० ग्राहकले नियमित मूल्यभन्दा चार लाख रुपैयाँ कममा गाडी खरिद गर्न सक्नेछन् ।
एमजी हेक्टर टोमहक ईभी सात सिट क्षमताको विद्युतीय एसयूभी हो । यसमा ६९।२ किलोवाट घण्टाको ब्याट्री छ ।
गाडीमा प्रयोग गरिएको ब्याट्री, यसको क्षमता र यात्रु क्षमताले यसलाई ठूलो परिवारका लागि लक्षित विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेको छ । चालकसहित सातजनाले यात्रा गर्न सक्ने सुविधा छ ।
एमजी हेक्टर टोमहक ईभीको लम्बाई चार हजार ७४५ मिलिमिटर, चौडाई एक हजार ८५० मिलिमिटर र उचाई एक हजार ७७० मिलिमिटर छ । ग्राउन्ड क्लिरेन्स २३० मिलिमिटर रहेको छ ।







प्रतिक्रिया