७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मारुती सुजुकीले अल्टो ईभीमा ल्याउने, तौल सय केजी कम




काठमाडौं– मारुती सुजुकीले अल्टोको दशौं जेनेरेशन ईभी अप्सनमा समेत ल्याउने भएको छ ।
सन् १९७९ देखि जापानी बजारमा उत्पादन गर्दै आएको कम्पनीले अहिले अल्टोको अल्टोको ९ औं जेनेरेशन मोडल बिक्री गरिरहेको छ । अब आउन लागेको १० औं जेनेरेशन अल्टोको तौल पहिलाकोभन्दा १०० केजीले कम हुने भएको छ । साथै, इलेक्ट्रीक ड्राइभ अप्सनमा समेत आउने भएको हो ।

सिटी कार तथा ट्याक्सी सेग्मेन्टमा चर्चित मारुती सुजुकी अल्टोको प्रत्यक जेनेरेशन मोडलको तौल घट्दै आएको छ । अल्टोको ७ औं जेनेरेशनको तौल ७४० केजी थियो भने आठौं जेनेरेशनमा ६२० केजी थियो । त्यस्तै, ९औं जेनेरेशनमा ६८० केजी थियो भने अब १० औं जेनेरेशनमा ५८० केजी मात्र हुने भएको छ ।

मारुती सुजुकीले १० जेनेरेशन मोडलको च्यासिस र इन्जिन कम्पोनेन्टमा धेरै लाइटवेट मेटेरियल प्रयोग गरेको छ । नयाँ अल्टो सुधारिएको हार्टटेक प्ल्याटफर्म बन्नेछ । हार्टटेक प्ल्याटफर्ममा अल्ट्रा र एड्भान्स हाईटेन्सियल स्लिटको प्रयोग हुन्छ ।

तौलमा भएको कमीका कारण माइलेजमा धेरै वृद्धि हुने बताइएको छ । यस अघिको मारुती अल्टो के १० को माइलेज २४.३९ किलोमिटर प्रतिलिटर रहेकोमा १० औं जेनेरेशन मोडलको माइलेज ३० किलोमिटर प्रतिलिटर हुनेछ ।

मारुती सुजुकीले अल्टोको १० औं जेनेरेशन मोडललाई इलेक्ट्रीक र हाइब्रिड इन्जिनमा समेत ल्याउने योजना बनाएको छ । मारुती सुजुकीले ग्राण्ड भिटारा तथा ब्रेजा हाइब्रिड इन्जिनमा ल्याइसकेको छ भने स्वीफ्ट, बलेनो जस्ता साना कारहरू पनि हाइब्रिडमा विकास गरिरहेको छ ।

  :