७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सानो साइजको ‘एक्स ३० एल’ मोडलको भ्यान नेपालमा




काठमाडौं– एसआरएमको नेपालका लागि आधिकारिक वितरक पुजा कन्स्ट्रक्सनले विशेष गरि तराई क्षेत्र र बिद्यालय बसलाई लक्षित गरि सानो साइजको ‘एक्स ३० एल’ मोडलको भ्यान नेपाल ल्याएको छ ।

११ सिटे यस भ्यानको मूल्य ३५ लाख रुपैयाँ पर्ने बताइएको छ । यो गाडीलाई आगामी भदौ ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोमा राख्ने तयारी समेत कम्पनीले गरेको छ ।


कम्पनीले ४१.८६ किलोवाट आवरको ब्याट्रीमा ‘एक्स-३० एल’ मोडल बिक्री गर्दै आएको थियो । त्यसको मूल्य ४५ लाख ५० हजार निर्धारण गरेर बिक्री गर्दै आएको हो । नयाँ सस्तो मोडलमा ३२.१४ किलोवाट आवरको ब्याट्रीमा आउने छ । यसमा ५० किलोवाट क्षमताको मोटर छ । यसले पीकटर्क २२० एनएम टर्क प्रदान गर्छ ।

‘एक्स-३० एल’ माइक्रो भ्यानमा दिइएको १८० एमएमको ग्राउन्ड क्लियरेन्स र १०० किलोमिटर प्रतिघन्टाको टप स्पीडले जस्तोसुकै बाटोमा पनि सहजै चलाउन सकिन्छ ।

यो विद्युतीय माइक्रो भ्यानको लम्बाई ४४९५ एमएम, चौडाई १६८० एमएम र उचाई १९९० एमएम रहेको छ । भ्यानमा १४ इन्चको ह्वील साइज रहेको छ ।

  :