७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जिकर एक्स सार्वजनिक गर्ने तयारी



काठमाडौं– आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरि डिजाइन गरिएको जिकर एक्स बिद्युतीय गाडी पायोनियर मोटोकर्प प्रालिले नेपाली बजारमा चाँडै नै सार्वजनिक गर्ने भएको छ ।

जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभि हो । डुअल–मोटर अल–ह्विल ड्राइभ र सिङ्गल मोटररियर–ह्विल ड्राइभ गरी दुई भेरियन्ट रहेका छन् ।


जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जिकर एक्सले एक पृथक डिजाइन–शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापना गर्नेमा कम्पनी विश्वस्त छ ।

जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभवर निर्धक्कता प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । सोही कारण नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागिजिकर एक्स एक उत्तम एसयुभि सावित हुने विश्वास कम्पनीको छ ।

जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाटआवरको ब्याट्री रहेको छ । जसले सिङ्गल–मोटर, रियर–ह्विल ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० किमीको डब्लुएलटिपि रेन्ज प्रदान गर्दछ । १५० किलोवाटको डिसि चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसि चार्जरले गाडीलाई शून्यबाट १०० प्रतिशत चार्जसम्म जम्मा ४ घण्टाभित्र पूरा गर्दछ ।

गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’ जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिनुका साथै सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको छ । यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समावेश रहेको छ ।

सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टि सुनिश्चित गर्दछ र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ । यस अन्तर्गत ७ वटा एयरब्याग, इन्टर्नल एन्टि९कोलिजन बिम, र परिष्कृत सुरक्षा प्रणालीले गाडीमा सवार सबैलाई उच्चस्तरीय सुरक्षा प्रदान गर्दछ ।

  :