माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

जी मोटर्सले स्काइवेलको बीई११ का दुई मोडल नेपाल ल्याउने




काठमाडौं– जी मोटर्सले स्काइवेलको अर्को ईभी नेपाल ल्याउने भएको छ । स्काइवेलको बीई ११ का दुई मोडल जी मोटर्सले ल्याउन लागेको हो ।

स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । दुवैमा १५० किलोवाटको मोटर हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने छन् ।

जी मोटर्सले आगामी भदौ ११ देखि प्रारम्भ हुने नाडा अटो शोमा स्काइवेल बीई११ का दुई मोडल समेत प्रदर्शन गर्ने जनाएको छ ।
जी मोटर्सले गत वर्षको भदौमा सम्पन्न नाडा अटो शोमा पहिलो पटक स्काइवेलको पहिलो ईभी ईटी५ औपचारिक रुपमा भित्र्याएको थियो।

प्रिमियम इलेक्ट्रिक एसयूभीको रुपमा परिचित ईटी५ नेपालमै सबैभन्दा धेरै अर्थात ६२० किलोमिटर रेन्ज दिने गाडीको रुपमा समेत परिचित बनेको छ । यसमा भएको १५० किलोवाट मोटरले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने कम्पनीले जनाएको छ ।

सो गाडीको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

  :