७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टाटाको कर्भ ईभी लञ्च




काठमाडौं– टाटा मोटर्सको पाँचौं इलेक्ट्रिक मोडल कर्भ ईभी भारतमा लञ्च गरिएको छ । विभिन्न ६ भेरियन्टमा लञ्च गरिएको कर्भ ईभीमा अत्याधुनिक फिचरहरुले सुसज्जित रहेको छ ।

टाटाले ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री साइजमा कर्भ ईभी उपलब्ध गराएको छ । केवल ४० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कर्भ ईभीले ७० किलोवाट क्षमताको फास्ट डिसी चार्ज सपोर्ट गर्ने टाटा मोटर्सले जनाएको छ ।


कर्भ ईभीलाई १५ मिनेट चार्ज गर्दा १५० किलोमिटर दुरी पार गर्न पुग्ने रिचार्ज गर्न सकिन्छ । यसमा भेहिकल टु लोड र भेहिकल टु भेहिकल चार्ज सुविधा पनि उपलब्ध छ ।

टाटाले ब्याट्री जस्तै मोटर पनि फरक साइजमा उपलब्ध गराएको छ । यसको ५५ किलोवाट आवरको व्याट्री प्याकसँग १६७ हर्सपावर र १२५ किलोवाटको दुई मोटर अप्सन उपलब्ध छ । त्यस्तै ४५ किलोवाट अवारको सानो ब्याट्रीसँग ११२ किलोवाटको मोटर छ ।

कर्भ ईभीले शून्यबाट १०० किलोमिटरको स्पीड ९ सेकेन्डमा भेट्टाउँछ । १८ इन्चको अलोय, १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको कुपे डिजाइन एसयूभीलाई ४५० एमएम गहिरो पानीमा गुड्न सकिन्छ । कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे ड्यूल टोन कलरमा छ । ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२।३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचवेस क्लाइमेट कन्ट्रोल, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०।२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ ।

त्यसैगरी, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक शनरुफ, भेन्टीलेटेड सिट, जेबीएल साउण्ड सिस्टम, ५०० लिटरको बुट स्पेश कर्भ ईभीमा दिएको छ ।

सुरक्षाको लागि ६ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ डाउजीनेस अलर्ट, व्लाइण्ड स्पट मनिटर, लेवल २ एडास फिचर छ

  :