७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ल्याम्बगिर्नीको नयाँ कार ‘उरुस एसई’ सार्वजनिक




काठमाडौं– इटालियन कम्पनी ल्याम्बगिर्नीले नयाँ कार ‘उरुस एसई’ भारतीय बजारमा हालै सार्वजनिक गरेको छ । भारतीय बजारका लागि ल्याम्बगिर्नीको यो दोस्रो हाइब्रिड मोडल हो । ल्याम्बगिर्नीले कारको मूल्य ४ करोड ५७ लाख भारतीय रुपैयाँ राखेको छ ।


यस एसयूभी कारमा ४.० लिटरको ट्वीन टर्बो भी८ इञ्जिन छ । जसले ७८९ हर्सपावरको शक्ति प्रदान गर्दछ । यो इञ्जिनलाई प्लग–इन–हाइब्रिड प्रविधिसँग जोडिएको छ । यसका लागि २५.९ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ ।

यो एसयूभीमा आठ वटा स्पीडको अटोमेटिक गियरबक्स उपलब्ध छ । यस्तै यसमा एलईडी म्याट्रिक्स हेडलाइट, नयाँ टेल ल्याम्प र २३ इञ्चको नयाँ डिजाइन गरिएको एलोय ह्वील रहेका छन् ।

  :