७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रिमियम स्पोर्टर्स कार साइबरस्टर नेपाली बजारमा, मूल्य १ करोड ६८ लाख




काठमाडौं– एमजी (मोरिस ग्यारेज)को नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ मोडलको प्रिमियम स्पोर्टर्स कार साइबरस्टर भित्र्याएको छ । उक्त कारलाई नाडा अटो शोमा प्रदर्शनी गर्न लागिएको हो ।

एमजी साइबरस्टरको मूल्य १ करोड ६७ लाख ९९ हजार तोकिएको छ । यसमा २५० किलोवाटको मोटर छ । कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ । अघिल्लो महिना मात्र कम्पनीले यो कारको अन्तर्राष्ट्रिय बजारमा निर्यात शुरु गरेको थियो ।

यो स्पोर्टस कारको टप स्पीड क्षमता २०१ किलोमिटर प्रतिघन्टा छ । अन्तर्राष्ट्रिय बजारमा साइबस्टर फोर ह्वील र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ ।

  :