७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोमा सार्वजनिक हुँदै पञ्च ईभी,कति मूल्य होला ?



काठमाडौं–भारतमा राम्रो बजार पाईरहेको नेपालको लागि बहुप्रतिक्षित गाडी पञ्च ईभी नाडा अटो शोको पहिलो दिन भाद्रं ११ गते मंगलबार टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ सार्वजनिक गर्ने भएको छ । कम्पनीले ५ रङमा यो गाडी सार्वजनिक गर्न लागेको हो ।

पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । यो गाडीको आधिकारिक मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । यसको आधिकारिक मूल्य मंगलबार नै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च ईभीले ४२१ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । ५६ मिनेट फूल चार्ज हुने यो गाडीको टर्क पावर १९० एनएम रहेको बताइएको छ ।

गाडीमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।

  :