७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सीजी मोटर्सले भित्र्यायो स्मार्ट–३




काठमाडौं– सीजी मोटर्सले नयाँ ब्राण्ड स्मार्टको एसयूभी नेपाल भित्र्याएको छ । कम्पनीले नेपाल भित्र्याएको स्मार्ट–३ युरोपका देशहरुमा पनि बिक्री वितरण भईरहेको मोडल भएको बताइएको छ ।

स्मार्ट–३ मा ६६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । २ सय किलोवाट र ३ सय १५ किलोवाट पावरमा उपलब्ध स्मार्ट थ्रीले एक पटकको फुल चार्जमा ४ सय २० देखि ४ सय ४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित गरेको बताइएको छ ।

स्मार्ट को ह्वील बेस २७ सय ८५ एमएम रहेको छ। त्यस्तै यो कारको लम्बाई ४४ सय ४० एमएम, चौडाई १८ सय ४४ एमएम र उचाई १५ सय ५६ एमएम रहेको छ ।

सीजी मोटर्सले प्रकाशित गरेको अधिकतम खुद्रा बिक्री मूल्यमा यसको मूल्य १ करोड २० लाख र १ करोड २२ लाख कायम गरिएको छ । नाडा अटो शो २०२४ मा स्मार्टका लागि बुकिङ नगरिएका कारण यो एसयूभी अवलोकन गर्न भने पाइने छैन ।

  :