मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

टाटाको पञ्च ईभी सार्वजनिक, मूल्य ३४ लाखदेखि शुरु भई ३८ लाखसम्म




काठमाडौं–भारतमा राम्रो बजार पाईरहेको नेपालको लागि बहुप्रतिक्षित गाडी पञ्च ईभी नाडा अटो शो २०२४ को पहिलो दिन आज सार्वजनिक भएको छ । टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ पञ्च ईभीको तीन भेरियन्ट सार्वजनिक गर्दै मूल्य समेत तोकेको छ ।

जसको मूल्य एम्पावर्ड प्लस एसएमआरलाई ३३ लाख ९९ हजार, एलआरको ३६ लाख ९९ हजार र प्लस एसएलआरको ३८ लाख ०० हजार तोकिएको छ । पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभीले ४२१ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । ५६ मिनेट फूल चार्ज हुने यो गाडीको टर्क पावर १९० एनएम रहेको बताइएको छ ।

गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।

  :