७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जिकर एक्स गाडीको मूल्यमा भारी छूट




काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा चिनियाँ ब्राण्ड जिलीको ईभी जिकर एक्स सार्वजनिकसँगै भारी कटौती गरेर मूल्य तोकिएको छ । सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल भित्र्याएको उक्त उक्त गाडी टु ह्वील ड्राइभ स्ट्यान्डर्ड र फोर ह्वील ड्राइभ फ्लागसिप गरी दुई भेरियन्टका छन् ।

टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ । यस अगाडि यस गाडीको यसको मूल्य ८९ लाख ९९ हजार रहेको थियो । यसैगरी फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकिएको छ । जिकर एक्सको स्ट्यान्डर्ड भेरियन्टमा २०० किलोवाट क्षमताको मोटर छ भने फ्लागसिप भेरियन्टमा ३१५ किलोवाट मोटर राखिएको छ । ४४० किलोमिटर रेञ्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।

यो गाडीमा २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले ४ घण्टामा गाडी फुल चार्ज गर्न सक्नेछ । डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

  :