फाल्गुन २६, २०८२ मंगलबार | Wed Mar 11 2026

स्पोर्टर्स कार एमजीको साइबरस्टरमा ग्राहकहरुको आकर्षण




काठमाडौं–एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ मोडलको प्रिमियम स्पोर्टर्स कार साइबरस्टर नाडा अटो शोमा प्रदर्शन गरे पनि बिक्री भएपछि प्रदर्शनस्थलबाट हटाएको छ ।

कम्पनीका अनुसार शुरुमा दुई युनिट मात्र आयात गरिएको साइबरस्टर दुवै युनिट बिक्री भएपछि प्रदर्शनस्थलबाट हटाएर शोरुममा लगिएको छ । यो गाडी हेर्न चाहेमा शोरुममा आउन पनि कम्पनीले आग्रह गरेको छ । कम्पनीले एमजी साइबरस्टरको मूल्य १ करोड ६७ लाख ९९ हजारमा बिक्री गरेको हो ।

अघिल्लो महिना मात्र एमजीले यो कारको अन्तर्राष्ट्रिय बजारमा निर्यात शुरु गरेको थियो । यो स्पोर्टस कारको टप स्पीड क्षमता २०१ किलोमिटर प्रतिघन्टा छ । अन्तर्राष्ट्रिय बजारमा साइबस्टर फोर ह्वील र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । यसमा २५० किलोवाटको मोटर छ । कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ ।

  :