७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्राहकहरुको उत्साह, उमंग उच्च राख्न टाटाको गाडी किन्दा सिप्रदीको आकर्षक योजना




काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यस बर्षको दशैंंलाई लक्षित गरेर विभिन्न आकर्षक योजना ल्याएको छ । ग्राहकहरुको उत्साह, उमंंग अनि हर्ष उच्च राख्न विभिन्न आकर्षक योजना ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोजेर लिन सक्नेछन्। होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टीभी, माइक्रो ओभन छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिनेछ।

यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई वा युरोप भ्रमण रहेका छन् । यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन्।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले यो योजना आगामी असोज १४ गतेसम्म लागू हुने पनि जनाएको छ ।

  :