७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

लुयानको स्कूटीमा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरु



काठमाण्डौ । मिसेस नेपाल वर्ल्ड २०२४ प्रतियोगिताको क्रममा विशेष विद्युतीय सवारीसाधन र्याली भएको छ। वातावरणीय सचेतना र दिगोपन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित र्यालीमा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरू, विद्युतीय सवारी साधनका चालकहरू, तथा विभिन्न क्षेत्रका उत्साही समर्थकहरूको सहभागिता रहेको थियो । लुयान नेपालले यस कार्यक्रमको राइड पाटर्नरको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।


र्यालीको उद्घाटन गर्दै लुयान नेपालका सेल्स एण्ड मार्केटिङ हेड शंकर शर्माले र्यालीमा सहभागिता जनाएर प्रदूषण कम गर्ने यात्रालाई तीव्र पार्न सबैको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले आयोजकहरूलाई धन्यवाद दिँदै, विद्युतीय सवारीसाधनको विकासमा सहभागिता जनाउने सबैलाई प्रशंसा समेत गर्नुभयो।

र्याली काठमाडौंको नक्सालमा अवस्थित लुयान नेपालको शोरुमबाट शुरु हुँदै उपत्यकाका प्रमुख सडकहरू हुँदै ललितपुरको गोदावरी पुगी पुनःनक्साल मै फर्किएको थियो ।

  :