७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

डीबी सिंहको गीत सार्वजनिक




काठमाडौं– नेपाल बिद्युत नियमन आयोगका पूर्व कार्यकारी अध्यक्ष दिल्ली बहादुर सिंह (डिबि सिंह)को शब्द रचनामा ‘राष्ट्रिय झण्डा’ बोलको गीत सार्वजनिक भएको छ ।

साहित्यमा डिबि सिंह नामले परिचित उनको गीतमा राजेश पायल राई, शिव परियार,दीपक लिम्बु, पुरुषोत्तम न्यौपाने,मेलिना राई, त्रिशाला गुरुङ , रचना रिमाल र सदिच्छा कट्टेलको स्वर रहेको छ । पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको गीतको भिडियोमा,सञ्चिता लुइँटेल, शुस्मा महरा र डिबि अभिनय रहेको छ ।

एक साता अघि सार्वजनिक गीतको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका हुन भने राजेश घिमिरेले खिचेका हुन । भिडियो सम्पादन र रङ्ग संयोजन सतिश श्रेष्ठले गरेका हुन् । सिंह विगत करिब पाँच दशक देखि साहित्य र सङ्गीतमा सक्रिय छन् । पेशाले उनी इञ्जिनीयर हुन् ।

  :