७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

स्कोडाको ‘तिहार डिल्स अन ह्विल्स’ अफर, कुशाकको खरिदमा ५ लाख छूट




काठमाडौं – स्कोडा गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले नजिकिँदै गरेको तिहारलाई लक्षित गरि स्कोडाको नेपालमा सबैभन्दा धेरै बिक्री हुने कार कुशाकमा ‘तिहार डिल्स अन ह्विल्स’ अफर ल्याएको छ ।

अफर अन्तर्गत कुशाकको खरिदमा ५ लाख रुपैयाँ छुट पाइनेछ । यसका साथै सो गाडीमा ८० प्रतिशत फाइनान्स अफर समेत उपलब्ध छ । यसका लागि आवश्यक सहजीकरण समेत कम्पनीले गर्नेछ ।

नेपाली बजारमा स्कोडा कुशाक विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ । यसको बेस भेरिएन्ट एक्टिभ एमटीको मूल्य ५२ लाख ९० हजार रुपैयाँ छ भने सबैभन्दा माथिल्लो भेरिएन्ट स्टाइल एटीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ छ ।

कुशाकमा अत्याधुनिक र इफिसेन्ट टीएसआई इन्जिन राखिएको छ । ३ सिलिन्डर भएको १.० लिटरको टीएसआईले ८५ किलोवाट पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ ।

  :