फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

टाटाको दुई सफल ईभी भित्र्याउने सिप्रदीको तयारी




काठमाडौं– टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ बर्ष २०२५ को अवसर पारेर दुई नयाँ ईभी नेपाल ल्याउने भएको छ ।

कम्पनीले चाँडै नै नेक्सन ईभी फेसलिस्ट र नयाँ कर्भ ईभी नेपाल ल्याउने तयारी गरेको बताइएको छ । पछिल्लो पटक टाटा मोटर्सले नेक्सन ईभी ४५ किलोवाट आवर क्षमताको ब्याट्री तथा एक सय किलोवाट मोटर क्षमतामा ल्याएपछि सिप्रदीले नेपाल ल्याउन लागेको हो ।

नेक्सन ईभी फेसलिस्टमा पहिलो पटक टाटा मोटर्सले पानारोमिक सनरुफ दिएको छ । टाटाको कर्भ इभी भने ४५ र ५५ किलोवाट आवर क्षमताको ब्याट्री रहेका छन् । कर्भ ईभीमा ११२ र १२५ किलोवाट क्षमताको दुई फरक मोटर उपलब्ध छ । टाटाको दुवै ईभीले ग्लोवल एनक्याप क्रयास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएका छन् ।

  :