६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

जिकर एक्सको अनुभव गर्न पायोनियर मोटोकर्पको ईभी पारखीहरुलाई आह्वान




काठमाडौं– नेपालमा जिकरको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले जिकर एक्सको अनुभव गर्न ईभी पारखीहरुलाई आमन्त्रित गरेको छ । पायोनियर मोटोकर्पले देशभरी रहेका ईभी पारखी, गाडी चालक तथा खरिदकर्ता र ग्राहकहरूलाई जिकर एक्सको आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र व्यावहारिक उपयोगिताको एकसाथ प्रयोग भएको एक परिष्कृत ‘अल इलेक्ट्रिक अर्बान एसयूभी जिकर एक्स’ को अनुभव गर्न आमन्त्रित गरेको हो ।

आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी जिकर एक्सको डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स, नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि एक उत्कृष्ट एसयूभी हो ।

सरल आधुनिक डिजाइनमा आकर्षक डिजाइन–डिटेलसहित यो गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ पनि निकै आकर्षक देखिन्छ । गाडीको डिजाइन ‘गोल्डन रेसियो’ मा आधारित छ जुन विभिन्न चित्रकला, वास्तुकला तथा प्रोडक्ट डिजाइनहरूमा प्रयोग हुनुका साथै अहिलेसम्म पनि उत्कृष्ट गाडीको डिजाइनहरूमा प्रयोग गरिन्छ ।

२७५० एमएमको ह्विलबेसमा ४४३२ एमएम लामो र १५६६ एमएम अग्लो जकर एक्स व्यस्त सहरी सडकका लागि उत्कृष्ट आकार वा साइजको रहेको छ । टाढाबाट हेर्दा गाडीको आकर्षक डिजाइनले आँखा लोभ्याउँछ भने नजिकबाट नियाल्दा झनै आकर्षक डिजाइन डिटेलहरू देख्न सकिन्छ । गाडीको ढोकाहरूमा ‘फ्रेमलेस’ डिजाइन प्रयोग भएकोले सरल, आकर्षक र आधुनिक देखिन्छ । त्यसैगरी, यसको ‘विन्डो सिलिङ स्ट्रिप्स’ पनि आधुनिकता र सरलतालाई निरन्तरता दिंदै डिजाइन गरिएको कारण झ्यालको ‘सिट मेटल’को भाग र ‘ग्लास’ को भाग नछुट्टिकन एकरूपताका साथ जोडिएको देखिन्छ ।

जिकर एक्स दैनिक सहरी जीवनशैलीका लागि डिजाइन गरिएको गाडी हो जसमा – कम्प्याक्ट देखिने एक्सटेरियर डिजाइन र फराकिलो इन्टेरियर सहित अत्याधुनिक सुरक्षा प्रणाली, अत्याधुनिक इन्फोटेनमेन्ट, फाइभजी कनेक्टिभिटी र ४४० किलोमिटर डब्लुएलटीपी रेन्ज आदि सुविधा रहेका छन् । जिकर एक्स रियर ह्विल ड्राइभको मूल्य ८४ लाख ९९ हजार रुपैयाँबाट शुरु हुन्छ भने अल ह्विल ड्राइभको मूल्य १ करोड ५४ लाख ९९ हजार रुपैयाँबाट शुरु हुन्छ ।
अत्याधुनिक प्रविधि स्ट्यान्डर्ड रूपमा समावेश हुने जिकर एक्समा आफ्नो आवश्यकता अनुसार विभिन्न ट्रिम–लेभल र अन्य सुविधाहरू छानी ‘कस्टमाइज’ गर्न सकिन्छ ।

जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम–आयोन ब्याट्री रहेको छ, जसमा उत्कृष्ट इनर्जी डेन्सिटी र लामो समयसम्म स्थायित्वका लागि ‘सिएटीएल’ कम्पनीको ‘एनएमसी सेल’ प्रयोग भएको छ । गाडीको ‘लङ रेन्ज’ मोडलको रियर एक्जिलमा २०० किलोवाट ९२७२ हर्सपावर र ३४३ एनएमको इलेक्ट्रिक मोटरसहित ‘थर्ड जेनेसेन’ सिलिकन–कार्बाइड इन्भर्टर प्रविधि रहेको छ । जसले गर्दा उक्त मोडल, मात्र ५.६ सेकेन्डमा ० बाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ ।

जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट ककपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको एचडी टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडी इन्स्ट्रयुमेन्ट प्यानल सहित २४.३ इन्चको ‘अगमेन्टेड रियालिटी हेड–हप डिस्प्ले’ समावेश रहेको छ ।

अगमेन्टेड रियालिटी हेड–अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिन –अगाडिको सिसा० मा नै ग्राफिक्स प्रोजेक्ट हुन्छ । यसबाट सुरक्षित ड्राइभिङका लागि गाडीको गति लगायत विभिन्न सूचना, ‘एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडिको अब्जेक्ट भ्युमा नै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड हुन्छ ।

जिकर ००१ जस्तै सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एसईए) मा निर्मित जिकर एक्सले उत्कृष्ट मिश्रणको मेटरियल प्रयोग गर्दछ जसमध्ये ७३ प्रतिशत ‘हाइ–स्ट्रेन्थ स्टिल’को प्रयोग भएको छ । यसले गाडीको तौल घटाउँदै उच्चतम स्ट्रक्चरल सेफ्टी (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ ।

  :