धार्मिक, सांस्कृतिक एवम पर्यटकीय दृष्टिले सम्पन्न नगरपालिका हो काठमाडौं जिल्लामा अवस्थित दक्षिणकाली नगरपालिका । प्रसिद्ध र साक्षात् शक्तिपीठ एवम् नेपालकै प्रख्यात दक्षिणकाली देवीको मन्दिरबाट यस नगरपालिकाको नामाकरण गरिएको हो ।
धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपीठ, हिन्दु तथा बौद्ध धार्मिकस्थलहरु, जैविक विविधता र प्राकृतिक सम्पदाले भरिपूर्ण दक्षिणकाली नगरपालिका विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको साझा बसोबास रहेको छ । काठमाडौं जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित यस नगरपालिकाको पूर्वमा ललितपुर जिल्ला, पश्चिममा मकवानपुर जिल्ला, उत्तरमा कीर्तिपुर र चन्द्रागिरी नगरपालिका र दक्षिणमा मकवानपुर जिल्ला पर्दछन् । बिसं २०७१ सालमा साविकका चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुङेचौर र छैमले गाविसलाई समेटेर स्थापना भएको यस नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको रुपमा चीर परिचित छ । ४२ दशमलव ६८ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा नौ वटा वडा छन् ।
यस नगर क्षेत्रभित्र ऐतिहासिक शक्तिपीठ, प्रशस्त हिन्दु तथा बौद्ध धार्मिकस्थलहरु तथा गुम्बाहरु छन् । धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरू र मौलिक सभ्यताहरुका अतिरिक्त अनेकौं जैविक विविधताहरु समेत दक्षिणकाली नगरपालिका क्षेत्रमा विद्यमान छन् । चाल्नाखेलको बोसन डाँडा, हात्तीवन क्षेत्र, छैमलेको जातीपोखरी, नेपालकै प्रसिद्ध कटुवाल दह जस्ता पर्यटकीय हिसाबले रमणीय र आकर्षक स्थलहरू पनि यसै नगरपालिका क्षेत्रमा छन् । नेपालको पहिलो विद्युत उत्पादन आयोजना चन्द्रज्योति जलविद्युत गृह यसै नगरपालिकामा रहनुले पनि यस क्षेत्रको पहिचानलाई निकै उच्च बनाएको छ । यस नगरपालिकामा ऐतिहासिक धार्मिकस्थलहरु, विभिन्न मौलिक संस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटनको प्रचूर सम्भावना बोकेको छ । धार्मिक धरोहरहरु र जैविक विविधताको प्रचूरताले मनोरम र आकर्षक पर्यटकीय गन्तव्य बनाउन नगरपालिका प्रतिवद्ध छ । हिन्दूहरुको शक्तिपीठ दक्षिणकाली मन्दिर, गोपालेश्वर मन्दिर, शेषनारायण मन्दिर, बौद्धमार्गीहरुको पद्मशम्भवले तपस्या गरेको असुरा गुफा र ह्याङलासी गुम्बा, काठमाडौं जिल्लाकै सबैभन्दा अग्लो वाणासुर डाँडा, कटुवाल दह, सेतीदेवी, बज्रयोगिनी, चौकोटदेवी, गोरखनाथ मन्दिर, झम्केश्वरी मन्दिर, फर्पिङको पौराणिक नेवारी वस्ती यस नगर क्षेत्रका सम्पदाहरु हुन् । लिच्छवीकालीन वस्ती रहेको फर्पिङ शहरको आफ्नो विशिष्टता रहेको पाइन्छ । हरिशंकर जात्रा, बज्रयोगिनी जात्रा, थैली नाच, कात्तिक नाच, लाखे नाच, गाईजात्रा लगायतका परम्परागत नाच तथा जात्राहरुले यस नगरपालिकाले उत्कृष्ट सांस्कृतिक नगरीको पहिचान समेत बनाएको छ । दक्षिणकाली नगरलाई धार्मिक पर्यटनका साथै पर्या तथा कृषि पर्यटनको रुपमा विकास गर्ने प्रशस्तै सम्भावनाहरु छन् ।
‘समृद्ध पर्यटकीय दक्षिणकाली नगर, कृषि, उद्यमी, सांस्कृतिक शहर’ मौलिक नाराका साथ यस नगरपालिकाले नगर क्षेत्रमा पर्यटन विकासको लागि काम गर्दै आएको छ । सबै प्रकारका मूर्त र अमूर्त धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको संरक्षण गर्दै अगाडि बढेको छ यस स्थानीय तह । नगर क्षेत्रको पर्यटन विकासका लागि पर्यटन गुरुयोजना बनाई कार्यान्वयन ल्याउने तयारी गरिरहेको छ यस दक्षिणकाली नगरपालिकाले । यस नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न किसिमका प्राकृतिक तथा धार्मिक तथा सांंस्कृतिक स्थलहरुको विकास गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले प्रशस्त कामहरु गरेको छ ।
आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, कृषि विकास, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, पूर्वाधार निर्माण, खाद्य सुरक्षा, यातायात व्यवस्थापनमा प्रमुख प्राथमिकता दिंदै आएको छ यस नगरपालिकाले । पछिल्लो पटक यस नगरपालिकामा पूर्वाधार निर्माण, कृषि विकास, स्वास्थ्य, शिक्षा क्षेत्रमा प्रभावकारी र उपलब्धिमूलक काम भएका छन् ।
विकासको पहिलो स्तम्भको रहेको शिक्षामा सबै बालबालिकाको सहज पहुँच हुनुपर्छ भन्ने मान्यतालाई अंगिकार गर्दै नगर क्षेत्रभित्रका बिद्यालयहरुका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस नगरपालिकाले प्रशस्तै कामहरु गरेको छ । नगर क्षेत्रमा सामुदायिक बिद्यालयहरुलाई पूर्णरुपमा व्यवस्थित गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणका लागि यस नगरपालिकाले सहयोग गर्दै आईरहेको छ । पछिल्लो पटक यस नगर क्षेत्रमा सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तरमा निकै वृद्धि भएको पाइन्छ ।
भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरु भएका छन् । वडा र नगरका केन्द्र जोड्ने सडकहरुमा कालोपत्रे वा ढलान गर्ने काम भएका छन् । सडक तथा पुल निर्माणलाई पूर्णता दिन नगरपालिका लागिरहेको छ । नयाँ ट्रयाक खोल्नुभन्दा भैरहेका सडकहरुको स्तरोन्नति गर्ने कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको छ । सडक पूर्वाधार निर्माण र विकासमा नेपाल सरकार, बाग्मती प्रदेश सरकारका बिषयगत मन्त्रालयहरुसँग बजेट विनियोजन तथा लगानीमा सहकार्य, साझेदारी र समन्वय गर्दै अगाडि बढेको छ यस दक्षिणकाली नगरपालिका ।
स्वास्थ्य क्षेत्रमा यस नगरपालिकाले फडको मारेको छ । स्वास्थ्यसंस्थाहरुको सवलीकरण गर्दै आवश्यक स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा उपकरण र औषधिको व्यवस्था गर्दै आएको छ यस स्थानीय तहले । आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र आकस्मिक स्वास्थ्य सेवालाई सुनिश्चित गर्दै नगरवासीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच स्थापित गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ यस दक्षिणकाली नगरपालिकाले ।
कृषि विकासका लागि यस नगर क्षेत्रमा भएका कामहरु उदाहरणीय छन् । उन्नत पशुपालन र व्यावसायिक कृषिमा विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् यस नगरमा ।
कृषि क्षेत्रको प्रवद्र्धनमा समेत नगरपालिकाले थुपै्र कामहरु गरेको छ । नगर प्रमुख कृषि कार्यक्रम, उपप्रमुख कृषि बजारीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । कृषि उत्पादनलाई आधुनिकीकरण गर्न पनि नगरपालिकाले सहयोग गर्दै आएको छ ।यस नगरपालिकाको न्यायिक समितिमार्फत नगरबासीहरुलाई परेको समस्या नगरमै समाधान हुँदै आएका छन. । न्यायिक समितिमा परेका उजुरीहरु न्यायिक समितिमार्पmत समझदारीमा बिना झञ्झट समाधान गर्न सफल भएको छ यस नगरपालिका ।
विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरुको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्याङ्कनका हरेक चरणहरुमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनीधित्व हुने गरि सर्वदलीय सर्वपक्षीय माध्यमबाट विकासको गतिलाई अगाडि बढाउँदै आएको छ यस स्थानीय तहले । नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस दक्षिणकाली नगरपालिकाले । कर्मचारी प्रशासनलाई पारदर्शी, जवाफदेही, प्रतिस्पर्धी र उत्प्रेरित बनाउन क्षमता विकास, अनमान योग्य वृत्ति विकास र कार्य सम्पादनमा आधारित प्रोत्साहनको व्यवस्था गर्दै आएको छ यस स्थानीय तहले ।
स्थानीय तहहरु जनताको सबैभन्दा नजिकको निकाय हो । दक्षिणकाली नगरवासीहरुको जनजीवनमा सकारात्मक परिवर्ततनको अनुभूति गर्ने गरि नगरमा सबै क्षेत्रको विकासमा सम्पन्न बनाउने अभियानमा छ यस दक्षिणकाली नगरपालिका । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, खाद्य सुरक्षा, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै अगाडि बढेको छ यस नगरपालिका । यी क्षेत्रहरुलाई लक्षित गरेर योजना तयार गरी अन्य सरोकारवाला तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय साझेदार संघसंस्थाहरुसँग सहकार्य र साझेदारी गरि कार्यान्वयनमा लगिरहेको छ यस नगरपालिकाले । जनताको भावनालाई कदर गर्दै जनमुखी कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्दै आएको छ दक्षिणकाली नगरपालिकाले । आगामी दिनमा दक्षिणकाली नगरपालिका क्षेत्रलाई सबै क्षेत्रमा विकासले सुसम्पन्न गराउन सफल रहोस् यस दक्षिणकाली नगरपालिका ।
प्रतिक्रिया