माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

सीजी मोटर्सद्वारा चितवनमा शोरुम विस्तार, एक्सपेङ जी–६ सार्वजनिक




काठमाडौं– चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले चितवनमा शोरुम विस्तारसँगै एक्सपेङको नयाँ जी–६ मोडल पनि लञ्च गरेको छ ।

सीजी मोटर्सले युरो मोटर्सलाई चितवन क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेसँगै चितवनमा नयाँ शोरुम विस्तार गरेको हो । काठमाडौं र पोखरामा सफलतापूर्वक शोरुमको स्थापना पश्चात चितवनको लञ्चले नेपालमा एक्सपेङको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठ, यूरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराई, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालको उपस्थिति रहेको थियो ।

लञ्च कार्यक्रममा एक्सपेङको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ। जी ६ ले विश्वकै उच्च सुरक्षा परीक्षण ईएनसीएपीमा ५ स्टार रेटिङ प्राप्त गरेको छ। जी ६ को मोटर पावर १९० किलोवाट र टर्क ४४० एनएम छ, जसले ६६ किलोवाट ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ ।

  :