काठमाडौं– झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको स्मार्ट लुब्रिकेन्ट्स पछिल्लो समय नेपाली लुव्रिकेन्ट्स ब्रान्डमा अलग छाप पार्न सफल भएको छ ।
नेपालमै उच्च गुणस्तरको लुब्रिकेन्ट्स भएकाले यस बर्ष झण्डै ३० प्रतिशतले बिक्री बढेको कम्पनीले जनाएको छ । विगत १८ बर्षदेखि लुब्रिकेन्टस् व्यवसाय गर्दै आएका व्यवसायीहरुको समूहले यो उद्योग सञ्चालनमा ल्याएका हुन् । स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधारणसभा थाइल्याण्डको बैंककमा हुने भएको छ ।
साधरणसभा सम्पन्न गर्न कम्पनीका सञ्चालक र केही डिलरहरु थाइल्याण्ड प्रस्थान गरिसकेको र २६ गतेसम्म बैंककमा रहने कम्पनीका कार्यकारी निर्देशक मोहन बराइलीले जानकारी गराए ।
स्मार्ट लुब्रिकेन्ट्सले हाल ग्रिज, गियर आयल, इन्जिन आयल, हाइड्रोलिक आयल, कुलान्ट जस्ता ४० देखि ४५ प्रकारका उत्पादनहरु बजारमा बिक्री गर्दै आएको छ । यी उत्पादनको बिक्री वितरण सहज बनाउन मेचीदेखि महाकालीसम्म नेटवर्क बिस्तार भईसकेको छ ।
प्रतिक्रिया