५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

१ करोड १५ लाख पर्ने स्काईवेलको ईटी फाइभ चितवन महोत्सवमा बुकिङ तथा डेलिभरी




काठमाडौं– चितवन महोत्सव २०८१ मा स्टल राखिएको स्काइवेलको स्टलमार्फत १ करोड १५ लाख रुपैयाँ पर्ने स्काईवेलेको ईटी फाइभ बुकिङ हुनुका साथै डेलिभरी समेत गरिएको छ ।


नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सका अनुसार कम्पनीका बिजनेस हेड युग प्रसाद रिमालले स्काइवेलको प्रीमियम ईभी डेलिभरी गरेका हुन् । चितवन महोत्सवमा ५ युनिट भन्दा बढी गाडी बुकिङ भएको कम्पनीले जनाएको छ।


युरोपियन बजारमा अब्बल बिक्री रहेको र गुणस्तरयुक्त भएकोले सो गाडी ग्राहकको रोजाइमा परेको बताउँदै जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले चितवनका ग्राहकलाई हार्दिक कृतज्ञता एवम् धन्यवाद व्यक्त गरेका छन् ।

गेलालले आगामी दिनमा चितवनको बजारलाई मुख्य बजारको रुपमा अगाडि बढाउने र छिट्टै नै चितवनमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको शोरुम स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

१५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको सो प्रिमियम ईभीले नेपाली बजार एवं ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

हाल नेपालमा १४० वटा भन्दा बढी ६२० किलोमिटर रेन्ज दिने स्काइवेलका ईटी फाइभ प्रिमियम विद्युतीय एसयूभी बिक्री–वितरण भएको कम्पनीको दावी छ ।

  :