काठमाडौं– सिप्रदी ट्रेडिङ्ग प्रालिले स्कूल बसहरुलाई थप सुरक्षित एवम् सहज यात्राको सारथीको रुपमा सञ्चालनमा ल्याएको जीपीएस ट्रयाकिङ र फ्लीट म्यानेजमेन्ट एप्लिकेसन ‘लोकोन्याभ सिप्रदी एप’ बिद्यालय र अभिभावकहरुले निकै चासो र अभिरुचि दर्शाउँदै गएका छन् ।
लोकोन्याभ सिप्रदी एप्लिकेसनले विद्यालय प्रशासनलाई गाडीको वास्तविक समय जीपीएस ट्रयाकिङ, रुट व्यवस्थापन, जियोफेन्स सेटिङको साथमा सम्पूर्ण गाडीहरुको कार्यसम्बन्धि विश्लेषण रिर्पोट पनि प्रदान गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ ।कम्पनीका अनुसार एप्लिकेसनमा ओभर स्पीड, तीब्र ब्रेकिङ, अचानक एक्सिेलेरेशन जस्ता सुरक्षा सूचना समावेश गरिएको हुदाँ यस्ता सूचनाहरुले विद्यालय प्रशासनलाई जोखिमयुक्त ड्राइभिङ गतिविधिहरु पहिचान गर्न, चालकहरुलाई गति सीमा र सुरक्षित ड्राइभिङ सम्बन्धि तालिमहरु प्रदान गर्नको लागि मद्दत गर्ने गरेको छ।
त्यसैगरी, सडक दुर्घटना, गाडी बिग्रिने वा अन्य आपतकालीन अवस्थामा तुरुन्तै घटनास्थलको लोकेसनबारे जानकारी प्रदान गर्ने र यसको सहायताबाट उद्दार, मर्मतसहितका सहायता कार्यमा सहजता प्रदान गरिरहेको सिप्रदीले जनाएको छ ।
यसबाट क्षतिलाई प्रयोगकर्ता मैत्री इन्टरफेस भएको यस एप्लिकेसनलाई विद्यालयहरुले आफ्ना विद्यमान विद्यालय व्यवस्थापन प्लेटफर्महरुमा सजिलै इन्ट्रीगेट गर्न पनि सफल भएको कम्पनीले जनाएको छ ।
यसैगरी, अभिभावकहरुले पनि यस एप्लिकेसनमार्फत गाडी कुन स्थानमा छ वा काहाँ आइपुग्यो ? भनि सजिलै ट्र्याक गर्न सक्ने हुदाँ अफ्ना बच्चाहरुलाई लिन वा पुर्याउन जाने समयको सहज व्यवस्थापन गर्नसक्नुका साथै बालबालिका सुरक्षित साथ विद्यालय पुगेको वा घर फर्किएको सुनिश्चित गर्ने कम्पनीले जानकारी दिएको छ ।









प्रतिक्रिया